# भर्खरै
Namaste Icon
Ad

मिनेन्द्र रिजाललाई रामप्रसाद रिजालकाे पत्र

मिनेन्द्र रिजाललाई रामप्रसाद रिजालकाे पत्र

मिनेन्द्र दाई लाई मेरो पत्र ।

दाजु नमस्कार आरामै हुनुहुन्छ जस्तो लागेन । तपाई असोज २३ गते देखि संचार माध्यम मा छटपटाईरहेको पाए त्यसैले भाईको नाताले दाईलाई चिट्ठी लेख्दैछु । फोन गर्न मन थियो तर २०७६ माघ ८ गते विहिवार देखि तपाईले मेरो फोन रिसिभ गर्नु छोड्नुभयो । तपाईले मलाई जनता समाजवादी पार्टीमा हुँदा तपाई र मेरो भेटघाट बाक्लै थियो । तर म फोरम पार्टी छोडेर नेकपा मा प्रवेश गरे माघ ८ गते २०७६ सालमा त्यस पछि तपाइ र मेरो भेटघाट त के फोन सम्म उठाउन छोड्नु भो कारण रहेछ म नेकपा मा गए । तर तपाईको ईच्छा कांग्रेस भाई आओस भन्ने रहेछ, तर म कांग्रेस जस्तो प्रतिगामी तानाशाही पार्टी मा जाने कुरो भएन नी ?

जुन कुरा अहिले शेर बहादुर देउवाले तपाईको टिकट खोसेर सुजता कोइराला लाई दिए पछि थाहापाउनु होला । तपाई हाम्रो पार्टी अध्यक्ष केपी बा लाई भेटी राख्नु भाको देखिरहेको छु संचार माध्यम हरूबाट मिनेंद्र दाईलाई । त्यसैले तपाई ढिलो नगरी नेकपा एमालेमा प्रवेश गर्न मेरो हार्दिक अनुरोध छ । किनभने दाई जत्तिको मान्छे यसरी कांग्रेस मा हेपिएर बसेको सुवाएन ।

जहाँ इज्जत हुदैन दाई त्यहा बस्नु हुदैन । तपाई लाई पनि थाहा होला तपाई हरू नगेन्द्र प्रसाद हरू रामेश्वर को साहिला छोरा रामभक्त का सन्तान हरु हो भने म अथवा हामी हरू तिनै रामेश्वर का काहिला छोरा गोवर्धन का सन्तान हौ त्यही भएर रगतको नाता सम्बन्धले गर्दा दाई लाई मैले आत्मा देखि नै एमालेमा आउन अनुरोध गरेको हो । तर तपाईलाई यो कुरा फोनममै भन्न सक्थे । फोन मेरो उठाउनु हुदैन । म एमालेमा गए भनेर दाई ।

संकटको बेलामा मोरङ २ बाट चुनाव जित्नुभयो । सुजाता चुनाव हार्ने डरले समानुपातिकमा बसिन आज तिनै सुजतालाई तपाईको टिकट खोसेर देउवाले दिए । यत्रो अन्यायमा विभेदमा पर्दा पनि कांग्रेसमा बस्नु तपाईको नैतिकता व्यक्तित्वले दिंदैन् । प्रचण्ड माधव बाबुराम झलनाथ सिपि बामदेवहरूले पार्टी परिवर्तन गर्दा हुने मिनेंद्र रिजालले किन नहुने ?

सम्बन्धित समाचारहरु

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

रामप्रसाद रिजाल । एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्ररी जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad