# भर्खरै
Namaste Icon
Ad

गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा कार्तिक ३ देखि ६ सम्म हुने

गोदावरी फूलको प्रदर्शनी जावलाखेलमा कार्तिक ३ देखि ६ सम्म हुने

काठमाडौं । विगत १५ वर्षदेखि हुँदै आएको ‘गोदावरी फूल’को प्रतियोगितात्मक प्रदर्शनी’ कार्तिक ३ गतेदेखि ६ सम्म हुने भएको छ । ललितपुरस्थित जावलाखेल खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । पुष्प विकास केन्द्रको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन गइरहेको १५औं गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनी २०७९ तयारी पुरा भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी आयोजना हुन लागेको मेलाको तयारी पुरा भ्एको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । पुष्प व्यवसायको व्यवसायीक प्रबर्द्धनका लागि लगातार रुपमा गरिदै आएको मेला प्रदर्शनी कार्यक्रमह कोभिड१९ को कारण विगत साढे दुई वर्ष सम्म सुस्ताएको थियो । केहि सहज परिस्थिती भएका कारण गत वर्षदेखि पुन: मेला प्रदर्शनी कार्यक्रम सुरु गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले भने, ‘नेपालीहरूको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको यस प्रदर्शनीको रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरिू भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान ललितपुरमा सञ्चालन गरिने छ । समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेका छौं ।’

प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वट प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जानकारी दिए । उनले भने, ‘यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा (१) मिनियचर, (२) स्पाईडर, (३) रिफ्लेक्स, (४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ ।’

मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने पन्तले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । यस मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुनेछन । गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरु

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

हरियो मकै निर्यात गर्दै गैँडाकोट

टेकराज पोखरेल, नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन चल्ती निकै छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेहरूको भिड हुने गर्दछन् । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad