# भर्खरै
Namaste Icon
Ad

‘गोदावरी पुष्प मेला अवलोकनकर्ता मध्ये पाँच जनाले महजोडीसँगै बसेर ‘महापुरुष’ हेर्न पाउने

‘गोदावरी पुष्प मेला अवलोकनकर्ता मध्ये पाँच जनाले महजोडीसँगै बसेर ‘महापुरुष’ हेर्न पाउने

काठमाडौं । कार्तिक ३ गतेदेखि ६ सम्म जावलाखेलमा आयोजना हुन गइरहेको ‘गोदावरी फूल’ को प्रतियोगितात्मक प्रदर्शनी’ अवलोकन गर्ने अवलोकनकर्ता मध्ये पाँचजनाले नेपाली चलचित्र ‘महापुरुष’ हेर्ने अवसर पाउने भएका छन् । ‘गोदावरी फूल’ को प्रतियोगितात्मक प्रदर्शनी’ को आयोजक संस्था फ्लोरिकल्चर एसोसिएशन नेपाललेका अनुसार मेला अवलोकन गर्ने ग्राहकमध्ये लक्की ड्र को माध्यमबाट ५ जनालाई टिकट नम्बरको आधारमा विजेता घोषणा गरि चलचित्र महापुरुषको प्रिमियर शो मा महजोडीसँगै चलचित्र हेर्न पाउनेछन् । विजेताको लक्की नम्बर कार्तिक ६ गते बिहान १० बजे फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) को फेसबुक पेजमा प्रकाशन गरिने छ ।

पुष्प विकास केन्द्रको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन गइरहेको १५औं गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनी २०७९ हुँदै छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी आयोजना हुन लागेको मेलाको तयारी पुरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि
फ्यानले यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वट प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा (१) मिनियचर, (२) स्पाईडर, (३) रिफ्लेक्स, (४) ईन्कर्भ र (५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने पन्तले जानकारी दिए ।

उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ । यस मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुनेछन । गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको फ्यानका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

हरियो मकै निर्यात गर्दै गैँडाकोट

टेकराज पोखरेल, नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन चल्ती निकै छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेहरूको भिड हुने गर्दछन् । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad