# भर्खरै
Namaste Icon
Ad

मकाउमा नुवाकोटका सन्तोष तामाङले जिते शारीरिक सुगठनमा गोल्ड ट्रफी सहित गोल्ड मेडल

मकाउमा नुवाकोटका सन्तोष तामाङले जिते शारीरिक सुगठनमा गोल्ड ट्रफी सहित गोल्ड मेडल

चित्रकुमार कार्की, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा गोल्ड ट्रफी, गोल्ड मेडल, ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फर्स्ट प्लेस जित्न सफल भएका छन् ।

तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११मा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका खेलाडीहरू सहभागी खेलमा ८० केजी तौलमा समुहमा तृतीय,१७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम(गोल्ड मेडल विथ गोल्ड ट्रफी) जितिसकेका छन् ।

त्यस्तै, अक्टोबर ९ मा मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै बृहत् अनि उत्कृष्ठ खेलमा ८० केजी क्याटेगरीमा चौथो, १७० क्लासिक फिजिक्स तथा उचाइमा तेश्रो, सेप्टेम्बर १६ मा मकाउ र फिलिपिन्सको संयुक्त आयोजनामा फिलिपिन्स बडी बिल्डिङ तथा फिट्नेस एसोिएसनद्धारा आयोजना गरेको गेममा ७५ केजीमा द्वित्तिय, १७० क्लासिक फिजिक्स तथा उचाइमा तृत्तिय स्थानको उपाधि जितेको हुन् ।

सम्बन्धित समाचारहरु

मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

काठमाडाैं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad