# भर्खरै
Namaste Icon
Ad

सुरू भयाे १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

सुरू भयाे १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

काठमाडौं । १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुको जावलाखेलमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा आजदेखि मेला सुरू भएको हो । मेलाको उद्घाटन उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ कलाकार हरिवंश आचार्यले गरे । साे अवसमा बाेल्दै कलाकार आचार्यले बगैँचामा काम गरे याेगा गरे भन्दा पनि बढि फाइदा हुने बताए । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी आयोजना हुन लागेको मेलाको तयारी पुरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी आयोजना हुन लागेको मेलाकाे उद्घाटन कार्यक्रममा प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइएकाे छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा (१) मिनियचर, (२) स्पाईडर, (३) रिफ्लेक्स, (४) ईन्कर्भ र (५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराएकाे पन्तले जानकारी दिए ।

उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएकाे छ । मेलामा नेपालमा बिगत बर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुने बताइएकाे छ । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश छन् ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वट प्रदर्शनी कक्षहरु रहेकाे मेला संयोजक सिताराम पन्तले जानकारी दिए । गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको फ्यानका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।


मेला अवलोकन गर्ने अवलोकनकर्ता मध्ये पाँचजनाले नेपाली चलचित्र ‘महापुरुष’ हेर्ने अवसर पाउने भएका छन् । ‘गोदावरी फूल’ को प्रतियोगितात्मक प्रदर्शनी’ को आयोजक संस्था फ्लोरिकल्चर एसोसिएशन नेपाललेका अनुसार मेला अवलोकन गर्ने ग्राहकमध्ये लक्की ड्र को माध्यमबाट ५ जनालाई टिकट नम्बरको आधारमा विजेता घोषणा गरि चलचित्र महापुरुषको प्रिमियर शो मा महजोडीसँगै चलचित्र हेर्न पाउनेछन् । विजेताको लक्की नम्बर कार्तिक ६ गते बिहान १० बजे फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) को फेसबुक पेजमा प्रकाशन गरिने छ ।

सम्बन्धित समाचारहरु

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

हरियो मकै निर्यात गर्दै गैँडाकोट

टेकराज पोखरेल, नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन चल्ती निकै छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकै पोल्ने र खानेहरूको भिड हुने गर्दछन् । काठमाडौं, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट–६ का किसान तिलकप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad