# भर्खरै
Namaste Icon
Ad

बैंकहरूमा निक्षेप बढ्यो

बैंकहरूमा निक्षेप बढ्यो

काठमाडाैं । बैंकिङ प्रणालीमा असोज महिनामा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले जारी गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा भदौको तुलनामा असोजको एक महिनामा नै उक्त निक्षेप बढेको हो ।

भदौमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप असोजमा बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप पछिल्लो एक सातामा मात्रै २८ अर्ब रुपैयाँ थपिएको छ । असोजको पहिलो १५ दिनसम्म बढ्दै गएको यस्तो निक्षेप तेस्रो साता केही घटेको देखिए पनि चौंथो र पाँचौँ सातामा भने बढेको देखिएको छ ।

यो अवधिमा बैंकहरूको कर्जा लगानी पनि ३० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तमा ४१ अर्ब ९० अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी असोजको अन्तिममा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय चुनावी गतिविधि बढेसँगै अर्थतन्त्र चलायमान हुँदा बैंकहरूमा पनि निक्षेप थपिएको देखिएको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad