# भर्खरै
Namaste Icon
Ad

चीनमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई पार्टी बैठकबाट जबर्जस्ती बाहिर निकालियो (भिडियाेसहित)

चीनमा पूर्वराष्ट्रपति हु जिन्ताओलाई पार्टी बैठकबाट जबर्जस्ती बाहिर निकालियो (भिडियाेसहित)

काठमाडाैं । चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई पार्टी बैठकबाट जबर्जस्ती बाहिर निकालिएको छ । बेइजिङस्थित ग्रेट हलमा कम्युनिस्ट पार्टीको २०औँ सम्मेलनको समापन बैठक चलिरहेका बेला हु जिन्ताओलाई बाहिर निकालिएको बीबीसीले लेखेको छ । घटनाकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सुरक्षाकर्मीले हु जिन्ताओलाई जबर्जस्ती हात समातेर निकाल्दै गरेको भिडियोमा देखिन्छ । हु जिन्ताओ निस्कन चाहेका छैनन् बरू उनी जर्बजस्ती गरिएकोप्रति विरोध जनाइरहेका छन् । तर उनलाई हात समातेर ग्रेट हलबाट बाहिर निकालिएको छ । एक चिनियाँ नेताले जिन्ताओलाई सम्झाउन खोज्छन् तर अर्का एकले उनलाई रोकिदिए ।

७९ वर्षका हु जिन्ताओलाई ग्रेट हलमा अगाडिको सिटमा बसाइएको थियो । उनको ठीक अगाडि राष्ट्रपति सी चिनफिङ बसेका थिए । जिन्ताओलाई किन निकालियो, यसबारे केही प्रस्ट कुरा आइसकेको छैन । (एजेन्सी)

 

भिडियाे

सम्बन्धित समाचारहरु

वसिंगटन । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad