# भर्खरै
Namaste Icon
Ad

'मुक्त भयो पन्छी’ : एलन मस्क

'मुक्त भयो पन्छी’ : एलन मस्क

एजेन्सी । ट्विटर टेकओभर प्रक्रिया पूरा गरेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरमा आफ्नै शैलीमा यसको घोषणा गरेका छन् । मस्कले ट्विट गर्दै लेखेका छन्–‘मुक्त भयो पन्छी ।’

धेरै महिनाको प्रयासपछि मस्कले ट्विटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका छन् । यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन् । भारतीय मूलका पराग अग्रवालले आईआईटी बम्बईमा अध्ययन गरे र नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए ।

ट्विटरका सह–संस्थापक बिज स्टोनले एक ट्विटमा सीईओ पराग अग्रवाल, सीएफओ नेड सिगल र कानूनी प्रमुख विजया गाडेलाई धन्यवाद दिए ।

बिहीबारको एक ट्विटमा एलन मस्कले मानवतालाई मद्दत गर्न चाहनेले ट्विटर किनेको र मानव सभ्यताको भविष्यका लागि यस्तो प्लेटफर्म आवश्यक रहेको उल्लेख गरेका थिए। ‘जहाँ हिंसा विना स्वस्थ तरिकाले विभिन्न विचार उठाउन सकिन्छ’, मस्कले भनेका छन् ।

सम्बन्धित समाचारहरु

वसिंगटन । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad