# भर्खरै
Namaste Icon
Ad

दक्षिण कोरियाको सिओलमा भागदौड हुँदा कम्तिमा १ सय २० को मृत्यु

दक्षिण कोरियाको सिओलमा भागदौड हुँदा कम्तिमा १ सय २० को मृत्यु

सिओल । दक्षिण कोरियाको राजधानी सिओलमा हलोइन मनाउने एक कार्यक्रममा भएको भागदौडमा कम्तिमा पनि १ सय २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमले सयभन्दा बढी मानिसहरु घाइते भएको जनाएका छन् । त्यहाँ सयौँको संख्यामा उद्धारकर्मी खटाइएको छ ।

उक्त क्षेत्रमा अहिले तनाव भएकाले घाइते वा मृतकको संख्या एकिन हुन नसकेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

विदेशी नागरिकहरु दर्जनौँको संख्यामा अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको महामारीपछि यो दक्षिण कोरियामा भएको पहिलो मास्कविनाको कार्यक्रम थियो ।
यसबारे थप जानकारी आउने क्रममा छ ।

सम्बन्धित समाचारहरु

वसिंगटन । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad