# भर्खरै
Namaste Icon
Ad

गुजरातमा झोलुङगेपुल भत्किँदा एक सय ४१ जनाको मृत्यु

गुजरातमा झोलुङगेपुल भत्किँदा एक सय ४१ जनाको मृत्यु

गुजरात । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङगेपुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो ।

बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।

राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर च सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ । - रासस/एएनआई

सम्बन्धित समाचारहरु

वसिंगटन । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad