# भर्खरै
Namaste Icon
Ad

एकीकृत समाजवादीलाई नै मत किन ?

एकीकृत समाजवादीलाई नै मत किन ?
फाइल तस्विर

आज हाम्रो देश इतिहासको एउटा महत्वपूर्ण मोडमा उभिएको छ । देशका कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिको संयुक्त नेतृत्व र आम नेपाली जनताको सहभागितामा भएको शान्तिपूर्ण जनक्रान्तिद्वारा निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताजस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्व आजको मुख्य प्रमुख सवाल बनेको छ । हामी विगतदेखि नै लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका निम्ति भएका आन्दोलनको अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै आएका छौँ । अहिले पनि हामी लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको संवद्र्धन, जनताको समृद्धि, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा शान्ति, स्थायित्व र विकासका सवाललाई लिएर अग्रपङ्क्तिमा रहेर पहल गरिरहेका छौँ ।

हामी संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनीतिलाई अगाडि बढाउँदै समाजवादका आधार निर्माणगर्न चाहन्छौँ । हामीले माथि चर्चा गरेका नीति, कार्यक्रम र कार्ययोजना कार्यान्वयनका लागि जनताको व्यापक समर्थन अपरिहार्य छ ।हामीलाई विश्वास छ, नेपाली जनताले यस निर्वाचनमा प्रतिगमन विरोधी वाम लोकतान्त्रिक गठबन्धनलाई मतदानका मध्यायमबाट अत्यधिक बहुमतको सरकार निर्माण गर्ने गरी स्पष्ट जनादेश दिएर देशलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा अगिबढाउन अवसर प्रदान गर्नुहुने छ ।

विकास तथा समृद्धिको सन्दर्भमा हामी नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका चार स्तम्भलाई सुदृढ गर्न चाहन्छौँ । नागरिकका मौलिक अधिकारका सन्दर्भमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवाससहित राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न चाहन्छौँ । समृद्धिका अवसरमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न चाहन्छौँ । हाम्रो पार्टीले आफ्ना हरेक काममा जनताको हित गर्ने सिद्धान्त, विचार, नीति, कार्यक्रम र योजनालाई ध्यानमा राख्दछ । हरेक काम निश्चित विधि र पद्धतिका आधारमा संस्थागत तरिकाले गरिनुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ ।

उपरोक्त प्रतिवद्धता र ‘जनतामा जाऔं, नेकपा (एकीकृत समाजवादी) लाई जिताऔँ’ भन्ने नाराका साथ हामी कलम चुनाव चिन्ह लिएर तपाईंको घरदैलोमा आएका छौँ । कलम चिन्हमा मतदान गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उमेदवारहरूलाई अत्यधिक मतले विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौँ । नेकपा (एकीकृत समाजवादी) लाई विजयी गराऔं, समाजवादको यात्रामा अघि बढौं !
(घोषणापत्रबाट)

 

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad