# भर्खरै
Namaste Icon
Ad

११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

काठमामडाैं । संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ । श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्को तत्वावधानमा कार्तिकको १८ गतेबाट प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । शिविर कार्तिक १८ गतेदेखी सुरुभएको शिविर ११ दिन सम्म चल्ने श्रीगजेन्द्रमोक्ष-संस्कृत-परिषदले जनाएकाे छ । शिविरलाई श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रीवेणी नवलपरासीबाट संचालन गरिनेछ ।

उक्त प्रशिक्षण शिविरबाट प्राथमिक चरणमा ७० जना प्रशिक्षार्थी लाभान्वित हुनेछन् । शिविरको अन्तिम तयारी भईरहेको कुरा परिषद्का सचीव सागर रिजालले जानकारी गराए । साथै यो शिविरमा संस्कृत भाषा मात्र नभई पुर्वीय संस्कार, योग एवं अतिरिक्त क्रियाकलापसमेत हुने कुरा परिषद्का अध्यक्ष सुदर्शन बडालले जानकारी गराए ।

शिविर पश्चात् विभिन्न क्षेत्रमा पुन: यस्तै शिविरको आयोजना गरी मातृभाषा र संस्कृत भाषाको सम्पुर्णमा बोध गराउने आयोजक परिषद्को योजना रहेको छ ।

सम्बन्धित समाचारहरु

मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

काठमाडाैं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad