# भर्खरै
Namaste Icon
Ad

चलचित्र ‘लाखे’ आजबाट देशभर प्रदर्शनमा

चलचित्र ‘लाखे’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाखे’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

यस चलचित्रले कात्तिक ११ मा महजोडीको चलचित्र ‘महापुरुष’ प्रदर्शन हुने भएपछि महलाई सम्मान गर्दै चलचित्रको प्रदर्शन मिति पुनः परिर्वतन गरेको निर्माण टिमले जनाएको थियो । चलचित्र एक सातापछि आज प्रदर्शनबाट आएको हो ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad