# भर्खरै
Namaste Icon
Ad

शिवसेनाका नेता सुधीर सुरीकाे हत्या

शिवसेनाका नेता सुधीर सुरीकाे हत्या

काठमाडाैं । शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या भएको छ। अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो ।


प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन् । घटना बारे थप अनुसन्धान जारी रहेकाे समाचारमा
उल्लेख छ । (एजेन्सी)

सम्बन्धित समाचारहरु

वसिंगटन । अमेरिकी संसदको उच्च सदन सिनेटले समलैङ्गिक र अन्तरजातीय विवाहको कानुनी संरक्षणका लागि एक ऐतिहासिक विधेयक पास गरेको छ ।यो विधेयक अब अमेरिकी संसदको प्रतिनिधि सभामा जानेछ जहाँबाट यो पास हुने आशा जताइँदै छ । त्यसपछि यो विधेयक अमेरिकी राष्ट्रपति समक्ष जानेछ । विधेयक समर्थकले प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको नियन्त्रण हुनु अघि यो विधेयक पास हुने आशा राखेका छन् । हालै भएको अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल भएको छ । यस्तै सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत कायमै छ । यो विधेयक अन्तर्गत अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई कानुनी दर्जा दिने बाध्यता छैन ।

चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन

काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad