# भर्खरै
Namaste Icon
Ad

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

काठमाडाैं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

कात्तिक २२ गते साँझ ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ ।

साँझ ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । साँझ ०६ः३४ बजे ग्रहण सकिन्छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

कात्तिक २२ गते मंगलवार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । साँझ ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औंशीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औंशीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

सम्बन्धित समाचारहरु

स्वस्थानी मेलाभर साँखुदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

काठमाडौँ । शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

प्रचण्ड सरकारद्वारा राप्रपाकाे एजेन्डा अनुमाेदन, पृथ्वी जयन्तीकाे दिन सार्वजनिक विदा दिइने

काठमाडौं । नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सरकारले सार्वजनिक विदा दिने भएकाे छ । सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पाैडेलले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिइने जानकारी दिए । सत्ता साझेदार दल राप्रपाले उठाएकाे एजेन्डा सरकारले अनुमाेदन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

Ad