# भर्खरै
Namaste Icon
Ad

‘डाँडाँघरे साइली’ हिट भएपछि आयो ‘निरमाया ठूली’

‘डाँडाँघरे साइली’ हिट भएपछि आयो  ‘निरमाया ठूली’

काठमाडाैं । ‘डाँडाँघरे साइली’ बोलको गीत हिट भएपछि साेही टिमले नयाँ गीत ‘निरमाया ठूली’ सार्वजनिक गरेको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको यो गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत छ । मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ ।

यो गीतलाई पनि यसका मेकरले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मन छुने तरिकाले बनाएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

भिडियाे लिंक https://youtu.be/ACAY8PugSqc

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad