# भर्खरै
Namaste Icon
Ad

विश्वकप क्रिकेट प्रतियोगिता गर्दै नेपाल

विश्वकप क्रिकेट प्रतियोगिता गर्दै नेपाल

काठमाडौं । सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । आईसीसीले आइतबार सन् २०२७ को यु–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो ।

महिला र पुरुष यु—१९ विश्वकप आयोजनाका लागि नेपाल र बंगलादेशका अतिरिक्त श्रीलंका, जिम्बाबे र नामिबियाले पनि दाबी पेश गरेका थिए । यसका अतिरिक्त मलेसिया र थाइल्यान्डले पनि संयुक्त रुपमा यु—१९ विश्वकप आयोजनाको दाबी प्रस्तुत गरेका थिए ।

बोर्ड बैठकबाट सन् २०२४ देखि सन् २०२७ सम्म विभिन्न यु–१९ विश्वकपको आयोजकलाई अनुमोदन गरिएको आईसीसीले जनाएको छ । सन् २०२५ को यु–१९ महिला विश्व कप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना हुनेछ । त्यसअघि सन् २०२३ को यु—१९ महिला विश्वकप भने दक्षिण अफ्रिकामा आयोजना हुनेछ ।

यसैगरी सन् २०२४ को आईसीसी यु–१९ पुरुष विश्व कप भने श्रीलंकामा आयोजना हुने भएको छ । सन् २०२६ को यु–१९ पुरुष विश्व कप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् ।

मार्टिन स्नेडेनको अध्यक्षतामा गठित उपसमितिले आयोजकहरुको टुंगो लगाएको पनि आईसीसीले जनाएको छ । आईसीसीले यु—१९ महिला विश्वकप सन् २०२१ मा आयोजना गर्ने तयारी गरेको थियो । तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आईसीसीको योजना सफल हुन सकेन ।

त्यसपछि बंगलादेश क्रिकेट बोर्डले यो प्रतियोगिता आयोजना गर्ने जिम्मेबारी पाएको थियो । तर, दोस्रो पटक पनि कोरोना महामारीकै कारण प्रतियोगिता हुन सकेन । अहिले तेस्रो पटक प्रतियोगिताको मिति तय गरिएको हो ।

सम्बन्धित समाचारहरु

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न गृहमन्त्रीले दिए सीआईबीलाई निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Ad