# भर्खरै
Namaste Icon
Ad

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा १-० ले नेपाल विजयी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा १-० ले नेपाल विजयी

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

सम्बन्धित समाचारहरु

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

कतार । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

फिफा विश्वकप २०२२ : ३२ वर्षपछि पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

दोहा । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad