# भर्खरै
Namaste Icon
Ad

रेखा जोशी र सुबास पार्कीको स्वर रहेको ‘पायल बजा छमछम’ सार्वजनिक (भिडियोसहित)

रेखा जोशी र सुबास पार्कीको स्वर रहेको ‘पायल बजा छमछम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुबास पार्की र रेखा जोशीको स्वरमा रहेको रमाइलो डेउडा गीत ‘पायल बजा छमछम’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई जय संगीत म्युजिक नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा लय तथा संगीत सुबास पार्कीकै रहेको छ ।

माया पिरतीको प्रसंगलाई समेटेर तयार गरिएको सो गीतको म्युजिक भिडियोमा सुबास पार्की र झरना बोहराको मुख्य अभनिय रहेको छ । भिडियोमा आर्कषक डेउडा खेल देखाइएको छ । भिडियो रमेश विजुली विसीले निर्देशन गरेका हुन् ।

भिडियो

 

 

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad