# भर्खरै
Namaste Icon
Ad

रेखा थापालाई जिताउन मनिषा कोइरालाको अपिल

रेखा थापालाई जिताउन मनिषा कोइरालाको अपिल

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नायिक रेखा थापालाई जिताउन अपिल गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाकी उमेदवार रेखा थापालाई जिताउन मनिषाले आग्रह गरेकी हुन् ।

रेखालाई निडर, सहासी नारी र हिम्मतवाली नेतृ भन्दै मनिषाले विजयका लागि अग्रिम शुभकामना पनि दिएकी छन् । उनले मोरङ क्षेत्र नम्बर ३ का मतदातालाई रेखाका पक्षमा मतदान गर्न आग्रह गरेकी छन् ।

मनिषा अहिले राप्रपाको चुनावी अभियानमा सक्रिय भएर लागेकी छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट राप्रपाका प्रत्यक्षतर्फका उमेदवार रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा पनि मनिषा सहभागी भएकी थिइन् ।

रेखा निर्वाचन घोषणा भएदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा छिन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad