# भर्खरै
Namaste Icon
Ad

नेपालगञ्जमा बम विस्फोट, विप्लव समूहका दुई कार्यकर्ता घाइते

नेपालगञ्जमा बम विस्फोट, विप्लव समूहका दुई कार्यकर्ता घाइते

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजे बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटमा परेर विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर-२ निवासी डिल्लीबहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका-१ कैलालीका धर्मराज सुनार घाइते भएका हुन् ।

घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ ।

अर्का घाइतेको भेरी अस्पतालमै उपचार भैरहेको प्रहरीको भनाइ छ । बाँकेका डीएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको प्ररम्भीक अनुसन्धानले देखाएको बताए । उनीहरूले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा थप बम फेला परेकाकोमा नेपाली सेनाको बम डिस्पोजल टोली निक्रिय पारेको छ । डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं । काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad