# भर्खरै
Namaste Icon
Ad

मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायीघुम्ती सेवाको उद्घाटन गरे । गैरआवाशीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

एक हजार भन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्वन्धी सेवाकासाथै दुतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दुतावासले जनाएको छ । घुम्ती सेवा उद्घाटनका क्रममा राजदुत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगतनिरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्वन्धित कम्पनीव्यवस्थापनसँग छलफल समेत गरेका थिए ।

सुरक्षा गार्ड तथा सरसफाइ सम्वन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछी उहाँले सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषत सुरक्षागार्ड र सरसफाइ सम्वन्धि श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम-सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदुत पौडेलले बताए । राजदुत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दुतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।

मागपत्रमा प्रस्तुत गरे अनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरस पालना गरिने उनले बताए । यसले गर्दा अहिले सुरक्षागार्ड र सरसफाइ सम्वन्धि मागपत्र प्रमाणिकरणमा केही ढिला भएपनि दीर्घकालमा यसबाट श्रमिकहरुको सम्मान तथासेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढ थापा लगायत दुतावासका कर्मचारीहरु उपस्थित थिए ।

सम्बन्धित समाचारहरु

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

काठमाडाैं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।

११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

काठमामडाैं । संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ । श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्को तत्वावधानमा कार्तिकको १८ गतेबाट प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । शिविर कार्तिक १८ गतेदेखी सुरुभएको शिविर ११ दिन सम्म चल्ने श्रीगजेन्द्रमोक्ष-संस्कृत-परिषदले जनाएकाे छ । शिविरलाई श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रीवेणी नवलपरासीबाट संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad