# भर्खरै
Namaste Icon
Ad

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ माघ २० मा

जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ माघ २० मा

काठमाडौं । सिनेमा ‘ह्यारी की प्यारी’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । यसअघि यो फिल्म कात्तिक २५ मा प्रदर्शन हुने तयारीमा थियो । तर सरकारले अचानक मंसिर ४ मा चुनावकाे घोषणा गरेपछि फिल्मले नयाँ मिति रोजेको हो ।

सिनेमाको सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ, साम्राज्ञीको अगाडी लेडिज ब्याग र बुके राखिएको छ । कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक सिनेमाको अर्को पोस्टरमा जितुले साइकल चलाई रहेका छन्, भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरले जितु र साम्राज्ञीको रोचक केमेस्ट्रीले सिनेमाप्रति उत्सुकता जगाउने देखिन्छ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं । निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो ।

करिश्मासँग सलोनले कसे लगनगाँठो

करिश्मासँग सलोनले कसे लगनगाँठो

काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad