# भर्खरै
Namaste Icon
Ad

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

काठमाडौं । युएईविरुद्ध तीन खेलको सिरिज घरेलु टोली नेपालले जितेको छ । काठमाडौंका कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले हराउँदै नेपालले तीन खेलको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले दिएको १७७ रनको सामान्य लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८० रन बनाउँदै पूरा गर्यो । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो । तर दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएर सिरिज बराबरी गरेको थियो । फेरि शुक्रबारको निर्णायक खेल जित्दै नेपालले सिरिज जितेको छ ।

सम्बन्धित समाचारहरु

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

कतार । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

फिफा विश्वकप २०२२ : ३२ वर्षपछि पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

दोहा । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad