# भर्खरै
Namaste Icon
Ad

सुकेधारमा ट्रकको ठक्करबाट श्रीमान् श्रीमतीको मृत्यु

सुकेधारमा ट्रकको ठक्करबाट श्रीमान् श्रीमतीको मृत्यु

काठमाडाैं । काठमाडाैंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad