# भर्खरै
Namaste Icon
Ad

‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि सिनेमा साइन गरेको बताइन् ।

आमेश र नम्रताका अलवा राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने सिनेमाका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । केही दिनमा सिनेमाको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए । ‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो ।

करिश्मासँग सलोनले कसे लगनगाँठो

करिश्मासँग सलोनले कसे लगनगाँठो

काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad