# भर्खरै
Namaste Icon
Ad

एक रुपैयाँमा विमान चढ्न पाउने अफर

एक रुपैयाँमा विमान चढ्न पाउने अफर

काठमाडाैं । आम निर्वाचनको अवसर पारेर 'आईएमई पे'ले एक रुपैयाँमा विमान चढ्न पाउने अफर सार्वजनिक गरेको छ । उक्त अफरमा सहभागी हुनका लागि आईएमई पे बाट हवाई टिकट काट्नुपर्नेछ ।

अफर अनुसार कातिक ३० देखि मंसिर ९ गतेसम्म हवाई टिकट काट्नेमध्ये हरेक दिन एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा टिकट प्राप्त गर्न सक्नुहुनेछ ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको आईएमई पे ले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सरकारविरुद्ध आन्दोलनमा नाडा

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । ८ महिनादेखि कार, जिप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडा आन्दोलित हुन पुगेको हो ।

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।  मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad