# भर्खरै
Namaste Icon
Ad

मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने (सूचनासहित)

मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने (सूचनासहित)
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन आइतबार सार्वजनिक सवारी साधन आउजाउ गर्न पाउँदैनन् । निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने सूचना जारी गरेको छ । आयोगले एम्बुलेन्स, शव बाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला बोक्ने गाडीलाई सञ्चालनका लागि कुनै सवारी पास नचाहिने बताएको छ ।

त्यस्तै दूध बोक्ने सवारी, सूचना तथा प्रशासन विभाग वा प्रदेश सञ्चार रजिष्टारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सरकारी निकायले जारी गरेको परिचपत्रबाहकले पनि सवारी चलाउन पाउनेछन् । त्यस्तै प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले पनि सवारी साधन चलाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरु

सरकारविरुद्ध आन्दोलनमा नाडा

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । ८ महिनादेखि कार, जिप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडा आन्दोलित हुन पुगेको हो ।

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।  मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad