# भर्खरै
Namaste Icon
Ad

‘आदिपुरुष’ को पुनः भिएफएक्स

‘आदिपुरुष’ को पुनः भिएफएक्स

मुम्बई । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत चलचित्र ‘आदिपुरुष’ को पुनः भिएफएक्स गरिने भएको छ । हुन यो बन्ने घोषणा भएसँगै चर्चामा आएको थियो । चर्चासँगै चलचित्र कहिले प्रदर्शन हुन्छ भनेर दर्शक प्रतीक्षामा थिए । तर, यसको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना बढी खेप्नुप¥यो ।

चलचित्रमा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडियो गेमसम्म भन्न भ्याए । भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै बनावटीजस्तो देखिएको टिप्पणी भएको थियो । सस्तो भिएफएक्समा चलचित्र बनाएको भन्दै ‘आदिपुरुष’ का निर्माण टोलीको आलोचना समेत भएको थियो ।

यसैगरी, रावणको भूमिकामा देखिएका अभिनेता सैफ अली खानको हुलियालाई लिएर समेत निकै आलोचना भयो । नकारात्मक टिप्पणी बढेसँगै निर्माण पक्षले चलचित्र प्रदर्शन हुनुअघि पुनः भिएफएक्स गर्ने भएको छ । भिएफएक्सले गर्दा चलचित्रको बजेटसमेत बढ्ने जनाइएको छ ।

पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारू बनेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अब चलचित्रको बजेट करिब ६ सय करोड भारु पुगेको छ । योसँगै ‘आदिपुरुष’ भारतकै महँगो चलचित्रका रुपमा चिनिएको छ । अभिनेता अक्षय कुमार र रजनीकान्त अभिनीत चलचित्र ‘२.०’ ५ सय ७० करोड भारुमा बनेको थियो । यस्तै, अभिनेताद्वय रामचरण र जूनियर एनटीआर अभिनीत ‘आरआरआर’ ५ सय ५० करोड भारुमा बनेको थियो ।

यी चलचित्रलाई उछिन्दै ‘आदिपुरुष’ भारतको महँगो चलचित्र बनेको हो । हालै निर्देशक ओम राउतले चलचित्रको निर्माणमा केही काम गर्नुपर्ने भएकाले प्रदर्शन मिति सरेको जनाएका थिए । १२ जनवरीमा प्रदर्शन हुने भनिएको यो चलचित्र १६ जुनमा प्रदर्शनमा आउने तयारीमा छ ।

हिन्दी, तमिल, मलयालम, तेलगु तथा कन्नड गरी पाँच भाषामा आउन लागेको यो चलचित्रमा अभिनेता प्रभास रामको भूमिकामा छन् । यस्तै, अभिनेता सैफ अली रावण र अभिनेत्री कृति सेननले सीताको भूमिकामा छन् । रामायण कथामा आधारित भएर निर्माण गरिएको ‘आदिपुरुष’ थ्रिडी फिचर चलचित्र हो । यसमा असत्यमाथि सत्यको विजयलाई देखाइने छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो ।

करिश्मासँग सलोनले कसे लगनगाँठो

करिश्मासँग सलोनले कसे लगनगाँठो

काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad