# भर्खरै
Namaste Icon
Ad

सवारी दुर्घटनामा परि चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

सवारी दुर्घटनामा परि चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन

काठमाडाैं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा सञ्चारकर्मी विश्वकर्माको निधन भएको हो ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।

त्यस्तै, माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती–५ का २१ वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्ज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका–५ का २१ वर्षीय कुशल बिसुराल घाइते भएका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम बुधबार हुने भएको छ । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad