# भर्खरै
Namaste Icon
Ad

फिफा विश्वकप २०२२ : ३२ वर्षपछि पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

फिफा विश्वकप २०२२ : ३२ वर्षपछि पहिलो खेलमा हार्‍यो अर्जेन्टिना

दोहा । फिफा विश्वकप २०२२ मा साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई हराउदै साउदी अरेबियाको ऐतिहासिक जित हासिल गर्न सफल भएको हो ।

पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा नै पराजित हुनुपरेको छ ।

मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २–१ गोलले हराएको छ । साउदीले खेलमा पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित निकालेको हो ।

लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीले अग्रता लिएको थियो । कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए ।

मेसीले चार विश्वकपमा गोल गर्ने अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएको खेलमा उनको टिम पहिलो हाफमा १–० गोलले अघि थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए ।

साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गरेको हो । खेलको ४८ मिनेटमा सलेह अलशेरीले बराबरी गोल फर्काए । ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ ले अघि बढाएका थिए ।

फिफा वरीयतामा ५१औं स्थानमा रहेको साउदीले तेस्रो वरीयताको अर्जेन्टिनालाई हराउने क्रममा दोस्रो हाफमा उत्कृष्ट खेलेको थियो ।

पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ। साउदीले अर्जेन्टिनालाई हराएसँगै विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ ।

अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो ।

साउदी अरबले भने हालसम्म विश्वकपमा सबैभन्दा ठूला टिमविरुद्ध जित हासिल गरेको छ । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

योसँगै अर्जेन्टिनाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । पहिलो हाफमा अर्जेन्टिनाको गोल अफसाइड भन्दै रद्द भएको थियो ।

सम्बन्धित समाचारहरु

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

मोरक्को र क्रोएसियाको गोलरहित बराबरी

कतार । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

विश्वकप सुरू, उद्घाटन खेलमै हार्याे आयोजक राष्ट्र

विश्वकप सुरू, उद्घाटन खेलमै हार्याे आयोजक राष्ट्र

काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह 'ए' को खेलमा आइतबार इक्वेडरसँग २–० स्तब्ध बन्यो । विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad