# भर्खरै
Namaste Icon
Ad

प्रतिनिधिसभा समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडाैं । प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणनामा घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार बुधवार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको १ लाख ८९ हजार ६६२, कांग्रेसको १ लाख ६७ हजार ३८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।

समानुपातिक तर्फको मतगणनामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार २०० मतसहित चौथो र राप्रपा ४५ हजार ५९६ मतसहित पाँचौं स्थानमा छ ।

छैटौं स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार ३७८ मत पाएको छ । सातौं स्थानको जसपाले १३ हजार ९७९, आठौं स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार ९५९ र नवौं स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ ।

९ हजार ४१० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिक तर्फको मतगणनामा दशौं स्थानमा छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

काठमाडाैं । प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ । अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको हो । कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad