# भर्खरै
Namaste Icon
Ad

अपडेट : समानुपातिकमा कुन दलले कति मत पाए ?

अपडेट : समानुपातिकमा कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ । प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी छ ।

समानुपातिकमा अहिलेसम्म नेकपा एमालेले अग्रता कायम राखेको छ । नेकपा एमालेले अहिलेसम्म दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छभने दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेस दुई लाख नजिक पुगेको छ । अहिलेसम्म कांग्रेसले एक लाख ९६ हजार ३८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एकलाख मत कटाएको छ ।

उसले अहिलेसम्म एक लाख एक हजार ३०३ मत प्राप्त गरेको छ । माओवादीले ९१ हजार १७९ मत ल्याएको छ । त्यसैगरी राप्रपाले ५१ हजार ७४१ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले १६ हजार ६०५ मत प्राप्त गरेको छ ।

जनमत पार्टीले जसपालाई समानुपातिक मतमा पछ्याइरहेको छ । उसले १५ हजार ९०३ मत ल्याएको छ । नेमकिपाले १३ हजार ६१३ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले ११ हजार ९२८ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले १० हजार १९२ मत ल्याएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

काठमाडाैं । प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ । अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको हो । कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad