# भर्खरै
Namaste Icon
Ad

आस्था राउतको नयाँ गीत

आस्था राउतको नयाँ गीत

काठमाडौं । गायिका आस्था राउतको आवाज रहेको नयाँ गीत ‘कोशिस गर’ सार्वजनिक भएको छ । सावित्री राउतको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको गीतमा महाराज थापाको एरेन्ज एवं किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नु लगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् । गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ भाव बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रङ पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाइमा भर पर्ने हो’, गायिका आस्थाले भनिन् ।
भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’ की रिता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्वको अभिनय छ । गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक गरिएको भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो ।

करिश्मासँग सलोनले कसे लगनगाँठो

करिश्मासँग सलोनले कसे लगनगाँठो

काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् । सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad