# भर्खरै
Namaste Icon
Ad

काठमाडौं-४ प्रदेशसभा २ बाट एमालेका जयराम थापा निर्वाचित

काठमाडौं-४ प्रदेशसभा २ बाट एमालेका जयराम थापा निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ (२) बाट बागमती प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन् ।

थापाले १० हजार ४१७ मत ल्याएका छन् । त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कार्कीले ८ हजार ३८२ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले ५ हजार १७७, नेपाल मजदुर किसान पार्टीका श्याम श्रेष्ठले ३४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन राउतले २६० मत पाएका छन् ।

सम्बन्धित समाचारहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतका लोकप्रिय नेता तथा निवर्तमान राज्यमन्त्री नवराज रावतले बिगतमा आफ्नो कार्यकालमा पहल गरेका सुर्खेत पश्चिमका विकास निर्माणका योजनाहरुले फड्काे मार्दै गएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राज्यमन्त्री भएका रावतले उक्त योजनाहरु पार्न पहलकदमी गरेका थिए ।राज्य मन्त्री तथा सांसद हुँदा सुर्खेत २ मा ठुला योजना हरू समवेश गरेका थिए । जसको आज परिणामहरू बिस्तारै देखिना थालेका छन् ।

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य तथा बाजुराबाट प्रतिनिधि सभा सदश्यको उम्मेदवार रहेका नेता जंगकुमार गिरीले भुकम्प पीडितको वासस्थानको व्यवस्थापन गर्न पहल गर्ने बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता गिरीले बाजुराको बुढिनन्दा नगरपालिका वडा १ मट्यालाका भुकम्प पीडित २० घरधुरीको बासस्थान व्यजस्थापन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad