# भर्खरै
Namaste Icon
Ad

मकवानपुर २ काे प्रदेशसभा ‘२’ बाट कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी

मकवानपुर २ काे प्रदेशसभा ‘२’ बाट कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् । विजयी बानियाँले कुल ४०५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचारहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतका लोकप्रिय नेता तथा निवर्तमान राज्यमन्त्री नवराज रावतले बिगतमा आफ्नो कार्यकालमा पहल गरेका सुर्खेत पश्चिमका विकास निर्माणका योजनाहरुले फड्काे मार्दै गएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राज्यमन्त्री भएका रावतले उक्त योजनाहरु पार्न पहलकदमी गरेका थिए ।राज्य मन्त्री तथा सांसद हुँदा सुर्खेत २ मा ठुला योजना हरू समवेश गरेका थिए । जसको आज परिणामहरू बिस्तारै देखिना थालेका छन् ।

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य तथा बाजुराबाट प्रतिनिधि सभा सदश्यको उम्मेदवार रहेका नेता जंगकुमार गिरीले भुकम्प पीडितको वासस्थानको व्यवस्थापन गर्न पहल गर्ने बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता गिरीले बाजुराको बुढिनन्दा नगरपालिका वडा १ मट्यालाका भुकम्प पीडित २० घरधुरीको बासस्थान व्यजस्थापन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad