# भर्खरै
Namaste Icon
Ad

सुर्खेत २ प्रदेश सभा क बाट एमालेका यामलाल कँडेल विजयी

सुर्खेत २ प्रदेश सभा क बाट एमालेका यामलाल कँडेल विजयी

खगेन्द्र हमाल, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ क बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । पार्टीको स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १ सय ६१ मतान्तरले निर्वाचित भएका छन् ।

कँडेलले १८ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार कालिप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्त पार्टीका सूर्यबहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरेका छन।

सम्बन्धित समाचारहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतका लोकप्रिय नेता तथा निवर्तमान राज्यमन्त्री नवराज रावतले बिगतमा आफ्नो कार्यकालमा पहल गरेका सुर्खेत पश्चिमका विकास निर्माणका योजनाहरुले फड्काे मार्दै गएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राज्यमन्त्री भएका रावतले उक्त योजनाहरु पार्न पहलकदमी गरेका थिए ।राज्य मन्त्री तथा सांसद हुँदा सुर्खेत २ मा ठुला योजना हरू समवेश गरेका थिए । जसको आज परिणामहरू बिस्तारै देखिना थालेका छन् ।

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदश्य तथा बाजुराबाट प्रतिनिधि सभा सदश्यको उम्मेदवार रहेका नेता जंगकुमार गिरीले भुकम्प पीडितको वासस्थानको व्यवस्थापन गर्न पहल गर्ने बताएका छन् । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता गिरीले बाजुराको बुढिनन्दा नगरपालिका वडा १ मट्यालाका भुकम्प पीडित २० घरधुरीको बासस्थान व्यजस्थापन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad