# भर्खरै
Namaste Icon
Ad

प्रतिनिधिसभा तर्फ ५९ स्थानको नतिजा, कसले कहाँ जित्यो ?

प्रतिनिधिसभा तर्फ ५९ स्थानको नतिजा, कसले कहाँ जित्यो ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा २५ प्रतिनिधिसभामा जित हासिल गरेको छ । एमालेले अहिलेसम्म १२ स्थानमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १० स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ ।

नेकपा एकीकृत समाजवादीले पाँच स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाले २ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर बर्दियामा जित हासिल गरेका छन् ।


नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र

१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २
१४– विश्वप्रकाश शर्मा, झापा १
१५– रामहरि खतिवडा ओखलढुंगा
१६– अजयकुमार चौरसिया पर्सा २
१७– दिलेन्द्रप्रसाद बडु दार्चुला
१८– दुर्लभ थापा भक्तपुर २
१९– राजेन्द्र बजगाइँ गोरखा १
२०– खमबहादुर खर्बुजा म्याग्दी
२१– दिक्पालबहादुर शाही– दैलेख
२२– पुष्पबहादुर शाह अछाम २
२३– एनपी साउद, कञ्चनपुर २
२४– रमेश लेखक, कञ्चनपुर ३
२५– वीरबहादुर बलायर कैलाली ४

 

नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु

१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
४– देवराज घिमिरे– झापा २
५– केपी शर्मा ओली झापा ५
६–योगेशकुमार भट्टराई ताप्लेजुङ
७–महेशकुमार बर्तौला, मकवानपुर २
८– पृथ्वीसुब्बा गुरुङ लमजुङ
९–टोपबहादुर रायमाझी अर्घाखाँची
१०–गोकर्णराज विष्ट, गुल्मी २
११–सूर्यबहादुर थापा प्युठान
१२–राजकुमार गुप्ता पर्सा ३


माओवादी

१–माधव सापकोटा– सिन्धुपाल्चोक १
२–लेखनाथ दाहाल सिन्धुली २
३–पुष्पकमल दाहाल प्रचण्ड, गोरखा २
४–देवेन्द्र पौडेल वाग्लुङ २
५–पूर्णबहादुर घर्ती , रुकुमपूर्व
६–शक्तिबहादुर बस्नेत जाजरकोट
७–वर्षमान पुन रोल्पा


राष्ट्रिय स्वतन्त्र पार्टी

१– गणेश पराजुली काठमाडौं ७
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८
३– सोविता गौतम–काठमाडौं २
४– शिशिर खनाल– काठमाडौं ६


एकीकृत समाजवादी

१– शेरबहादुर कुँवर अछाम १
२–अमरबहादुर थापा दैलेख १
३–प्रकाश ज्वाला सल्यान
४–भानुभक्त जोशी बझाङ
५–कृष्णकुमार श्रेष्ठ बारा


राप्रपा

१–धवलशमशेर जबरा बाँके २
२–ज्ञानेन्द्र बहादुर शाही जुम्ला


जनता समाजवादी पार्टी
१– प्रदिप यादव पर्सा १

स्वतन्त्र
लालवीर चौधरी बर्दिया

लोकतान्त्रिक समाजवादी पार्टी
१– सर्वेन्द्रनाथ शुक्ल– रुपन्देही ४


नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३

सम्बन्धित समाचारहरु

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

काठमाडाैं । प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ । अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको हो । कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad