# भर्खरै
Namaste Icon
Ad

वित्तीय क्षेत्रमा बढी कर भुक्तानी गरेबापत नबिल बैंक सम्मानित

वित्तीय क्षेत्रमा बढी कर भुक्तानी गरेबापत नबिल बैंक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन् ।

बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७÷७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १ दशमलव ३२ गुणा रकम हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैया तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित समाचारहरु

सरकारविरुद्ध आन्दोलनमा नाडा

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । ८ महिनादेखि कार, जिप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडा आन्दोलित हुन पुगेको हो ।

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।  मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad