# भर्खरै
Namaste Icon
Ad

६ हजार ६ सय मतान्तरसहित माधव नेपाल विजयी

६ हजार ६ सय मतान्तरसहित माधव नेपाल विजयी

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट–१ बाट चुनाव जितेका छन् । उनले नेकपा एमालेका अजयकुमार गुप्तालाई पराजित गरेर चुनाव जितेका हुन् । उनले ६ हजार ६०० मतको अन्तरले चुनाव जितेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत पाएका छन् भने एमाले नेता गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । माधव नेपालको जितसँगै एकीकृत समाजवादीका ७ जना उम्मेदवारले चुनाव जितेका छन् । यसअघिको चुनावमा काठमाडौं–२ बाट चुनाव जितेका माधव नेपाल यस पटक रौतहट–१ पुगेर उम्मेदवारी दिएका हुन् ।

 

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad