# भर्खरै
Namaste Icon
Ad

एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ । दाङ क्षेत्र नं। २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।

माओवादीकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरि प्रतिनिधिसभामा विजयी भइन् । यसैगरी एमालेका उम्मेदवार शंकर पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भएका छन् । रेखाले १९६ मत अन्तरले पोखरेलाई पराजित गरिन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad