# भर्खरै
Namaste Icon
Ad

चितवन २ मा रविको कृतिमानी जित

चितवन २ मा रविको कृतिमानी जित

चितवन । चितवन प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित लामिछाने विजयी भएका हुन्।

लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याए। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्। लामिछानेको जितसँगै उनका समर्थकहरु खुसी मनाउन सडकमा भेला भएका छन्।

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad