# भर्खरै
Namaste Icon
Ad

मेयरमा हारेका राप्रपाका दीपक सिंह प्रतिनिधि सभामा निर्वाचित

मेयरमा हारेका राप्रपाका दीपक सिंह प्रतिनिधि सभामा निर्वाचित

मकवानपुर । मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभा सदश्यकाे लागि राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् । उनी गत स्थानीय तहकाे निर्वाचनमा हेटाैंडा उपमहानगरमा मेयरमा हारेका थिए ।

निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।

सिंहको जन्म २०१५ सालमा धनकुटामा भए पनि उनी ७/८ वर्षको हुँदा आमाबुबासँगै हेटौँडा आएका थिए । विजयी भएका सिंह २०५४, २०५६, २०७० र २०७९ सालको स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहे पनि पराजित हुँदै आएका थिए ।

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad