# भर्खरै
Namaste Icon
Ad

मुख्यमन्त्रीका दावेदार खगराज भट्ट निर्वाचित

मुख्यमन्त्रीका दावेदार खगराज भट्ट निर्वाचित

डडेल्धुरा । डडेल्धुरा क्षेत्र नम्बर १ (क)बाट नेकपा माओवादी केन्द्रका उम्‍मेदवार खगराज भट्ट निर्वाचित भएका छन् । भट्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । भट्टले १२ हजार ११२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत मात्र ल्याए ।

उनी नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्य हुन् । २०६४ सालदेखि प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै आएका भट्ट यो पटक पनि प्रतिनिधिसभा सदस्यमा आकांक्षी थिए । तर गठबन्धनमा भागबण्डाका क्रममा मुख्यमन्त्री बनाउने शर्तमा उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए ।

सम्बन्धित समाचारहरु

बाजुरा । बाजुरा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ रहेको छ भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका कर्णबहादुर थापाको ४ हजार ४ सय २१ पाएका छन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

Ad
Ad