# भर्खरै
Namaste Icon
Ad

चितवन–१ मा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई हराउँदै हरि ढकाल निर्वाचित

चितवन–१ मा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई हराउँदै हरि ढकाल निर्वाचित

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।

यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad