# भर्खरै
Namaste Icon
Ad

‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ, गर्नेलाई जेल हाल्छु'

‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ, गर्नेलाई जेल हाल्छु'

जुम्ला । जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।’

सम्बन्धित समाचारहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।  केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad
Ad