# भर्खरै
Namaste Icon
Ad

‘भगवत् गीता’ मा हिरोको खोजी

‘भगवत् गीता’ मा हिरोको खोजी

काठमाडौं । अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् । फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।

निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।

फिल्मका लागि नायकको अलवा बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो । अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ । तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ । फिल्म जनकपुर, दार्चुला काठमाडौंमा छायांकन हुनेछ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad