# भर्खरै
Namaste Icon
Ad

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णय गरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख रहेका मैनालीलाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।

मैनाली केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए । निर्वाचनअघि नै उनलाई महानिर्देशकको जिम्मेवारी दिने भनिएको भए पनि निर्वाचन आचासंहिताले रोकेको थियो ।

पछल्लो समय राजस्व लक्ष्यअनुसार नउठेको भन्दै अहिलेका महानिर्देशक रितेश शाक्यप्रति मन्त्री शर्मा असन्तुष्ट थिए ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad