# भर्खरै
Namaste Icon
Ad

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

काठमाडौं । निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो ।

उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।

नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने कार्यक्रमका निर्देशक राजन थापाले बताए । एरा प्रोडक्सन प्रालिको ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad