# भर्खरै
Namaste Icon
Ad

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गर्नेलाई कारबाही गर्न मधेशी आयोगकाे आग्रह

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गर्नेलाई कारबाही गर्न मधेशी आयोगकाे आग्रह

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शबक्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’ आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताए ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad